धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा सिडियो र  प्रहरी प्रमुखमाथि आक्रमण

धनगढी  ।    बाजुरा जिल्लको सदरमुकाम मार्तडीमा बाजुराका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि बुधबार साझ  आक्रमण भएको छ ।  मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा  आन्दोलनकारीले आक्रमण गरेका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालय तथा मुख्य निर्वाचन अधिकृत कार्यालयबाट सर्वदलिय बैठक सकेर फर्कने क्रममा आक्रमण भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए ।

अनेरास्वीयुका कार्यकताले प्रहरी, प्रशासनविरुद्ध नारा लागइरहेका बेला उनीहरुमाथि ढुङ्गा प्रहार भएको बिष्टले बताए । 

 आक्रमण्मा पर्नेमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुखहरु रहेका छन् ।

सुरक्षा निकायमाथि आक्रमण गर्नेको खोजि भइरहेको नेपाल प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ