धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सुदुरपश्चिम प्रदेश सभाको समानुपातिक मत गणना

सुदुरपश्चिममा  समानुपातिकमा मत प्रतिशत गुमाउँदै ठुला दलहरु

अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड कटाएर १ सीट पाएको राजपा यसपटक थ्रेसहोल्डले तोकेको मत पाउन सक्ने देखिदैन ।

सुदुरपश्चिममा  समानुपातिकमा मत प्रतिशत गुमाउँदै ठुला दलहरु

 

 

राप्रपाले यसपटक सुधार गरेर ३२ हजार ३४४ (४ प्रतिशत) मत प्राप्त गरेको छ ।

 

धनगढी । आइतबार रातिसम्मको गणना अनुसार सुदुरपश्चिम प्रदेश सभाको समानुपातिक  तर्फ नेपाली कांग्रेस र एमालेले २०७४ को तुलनामा मत प्रतिशत गुमाउने देखिएको छ ।  नेपाली कांग्रेस ४ प्रतिशत, नेकपा एमाले १ प्रतिशत,  केन्द्रले ३ प्रतिशत र राजपाले ४ प्रतिशत  मत गुमाउने सम्भावना छ ।

यसपटकको निर्वाचनमा मतदाताहरु नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी सहितका नया दलहरु र पुरानो दल राप्रपाप्रति आकर्षित भएर  कम प्रतिशत मत पाउँदा कांग्रेस, एमाले, माओवादी केन्द्र राजपा पाउने सीट संख्या गुमाउने अवस्थामा पुगेका हुन् । राजपा त  थ्रेसहोल्ड पार गर्न नसक्ने अवथामा  पुग्ने देखिन्छ ।

हालसम्म भएको ७ लाख ४६ हजार ३६६ मतको  गणनासम्म   नेकपा एमालेले २ लाख ४० हजार ४ शय ८२ (३२ प्रतिशत ), नेपाली कांग्रेसले २  लाख २६ हजार ३६९ (३० प्रतिशत), माओवादी केन्द्रले १  लाख ८ हजार २९६ ( १४ दशमलब ५ प्रतिशत)  मत प्राप्त गरेका छन् । पुराना दलहरुले गुमाएको मत नयाँ दलहरुमा टान्सफर भएको छ ।  

हालसम्म  नागरिक उन्मुक्ति पार्टीले ६० हजार २६ (८ प्रतिशत), नेकपा एसले ३९ हजार ७७९ ( ५ दशमलब ३ प्रतिशत)  मत पाएका छन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसले २ लाख ९५ हजार ७२९ (३७ प्रतिशत),  नेकपा एमालेले २ लाख ६० हजार ५५ (३३ प्रतिशत ), माओवादी केन्द्रले १ लाख ४२ हजार ७०२ (१८ प्रतिशत ), राजपाले ३६ हजार ९०२ (४ दशमलब ६ प्रतिशत) प्राप्त गरेका थिए ।

अघिल्लो चुनावमा  १५ हजार ४४५ मत पाएको  राप्रपाले यसपटक सुधार गरेर ३२ हजार ३४४ (४ प्रतिशत ) मत प्राप्त गरेको छ ।

गणनाको अन्तिम अवस्थासम्म परिणामको प्रकृत्ति यस्तै रहेमा थ्रेसहोल्ड पार गर्ने दलहरुको संख्या  अघिल्लो चुनावको भन्दा बढी रहेर र कम प्रतिशत मतका कारण  एमाले, कांग्रेस, माओवादीले  गत निर्वाचनको तुलनाम कम सीट पाउनेछन् । २०७९ मा समानुपातिकमा सुदुरपश्चिममा खसेको मत २० दलले प्राप्त गरेका थिए । यसपटक समानुपातिकमा  खसेको मत ३४ दलले प्राप्त गरिरहेका छन् । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्ने दलहरुको मत बाहिर राखेर थ्रेसहोल्ड भन्दा बढी पाउने दलहरुको मतलाई आधार मानेर समानुपातिक मतको बिभाजन सुत्रका माध्यमबाट गरिन्छ ।

अहिलेसम्मको मत परिणामा अनुसार अघिल्लो निर्वाचनमा समानुपातिक एक सीट प्राप्त गरेको राजपा यसपटक थ्रेसहोल्ड कटाउन सक्ने अवस्थामा देखिदैन । अघिल्लो चुनावमा नेपाली कांग्रेस, नेकपा  एमाले, माओवादी केन्द्र र राजपा गरि चार दलले थ्रेसहोल्डका सीट प्राप्त गरेकोमा यसपटक यो संख्या बढेर छ पुग्ने अहिलेसम्मको गणनाको  परिणामले देखिन्छ ।

यसपटक पुराना दल नेपाली कांग्रेस, नेकपा  एमाले, माओवादी केन्द्रले थ्रेसहोल्डको सीट पाउने छन् भने अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड कटाएर १ सीट पाएको राजपा यसपटक थ्रेसहोल्डले तोकेको मत पाउन सक्ने देखिदैन ।

यसपटक  नया दलहरु  नागरिक उन्मुक्ति पार्टी  र नेकपा एस थ्रेसहोल्ड कटाएर थ्रेसहोल्डको सीट पाउँदैछन् । 

सुदुरपश्चिममा प्रदेश सभाका प्रत्यक्षतर्फ ३२ सदस्य र समानुपातिक तर्फ २१ सदस्य गरि ५३ प्रदेश सभा सदस्य निर्वाचित हुने गर्दछन् ।

 अहिले सुदुरपश्चिमका बाजुरा बाहेकका ८ जिल्लाको  समानुपातिक तर्फको मत गणना भैरहेको छ । प्रत्यक्षतर्फको मत गणना भैसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका ११, माओवादी केन्द्रका ८, नागरिक उन्मुक्ति पार्टीका ५, नेकपा एमालेका ३, नेकपा एसका दुई र स्वतन्त्र एक बिजयी भएका छन् ।

 मंसिर ४ गते  निर्वाचनका क्रममा बाजुराका केही क्षेत्रमा दलहरुबीच झडप भएपछि मतदान  स्थगित  भएको थियो । स्थगित भएका केही क्षेत्रमा  शनिबार पुनः मतदान भएको छ अझै केही क्षेत्रमा निर्वाचन हुन बाकी नै छ ।


ट्रेन्डिङ