धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दार्चुलामा मृत भेटिएका बिष्टको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको भनाई

दार्चुलामा मृत भेटिएका बिष्टको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको भनाई

धनगढी । दार्चुलामा मृत भेटिएका नरसिंह विष्टको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरील् दावी गरेको छ ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

‘अहिलेसम्म थुप्रै व्यक्तिलाई सोधपुछ गरेका छौं,’ उनले भने, ‘केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेका छौं, केही दिनमै  निष्कर्षमा पुग्छौ ।’

व्यास गाउँपालिका–४ का बिष्ट मंसिर ३ गते राति बेपत्ता भएका थिए । सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तको दाबी छ ।  विष्ट निर्वाचनका दिन भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला परेका थिए ।

विष्टको शवलाई जिल्ला अस्पतालमै राखिएको छ । उनका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनाको अनुसन्धान गरिरहेको छ । मंसिर ४ गते विष्टको शव घर नजिकैको खोलामा भेटिएको थियो ।


ट्रेन्डिङ