धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा समानुपातिक मत सबै भन्दा बढी  नागरिक उन्मुक्तिलाई

कैलालीमा समानुपातिक मत सबै भन्दा बढी  नागरिक उन्मुक्तिलाई

धनगढी । कैलाली जिल्लामा  प्रदेश सभाका लागि समानुपातिक मत पाउनेमा नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । नागरिक उन्मुक्ति ७३ हजार ९८६ मत पाउँदै कैलालीमा सबै भन्दा ठुलो दल बनेको छ ।

सुदुरपश्चिम प्रदेशभरिमा भने नागरिक उन्मुक्ति पार्टी समानुपातिक मत बढी पाउने चौथो दल बनेको छ ।

 नगरिक उन्मुक्तिले सबै भन्दा बढी प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य जितेको छ । उसका पाच प्रदेश सभा सदस्य र तीन  प्रतिनिधि सभा सदस्य छन् ।

कैलालीमा नेपाली कांग्रेस ४६ हजार २७० समानुपातिक मत पाएर प्रदेश सभाका लागि दोश्रो बढी मत पाउने दल बनेको छ ।

त्यस्तै नेकपा एमालेले ४५ हजार २११ समानुपातिक मत पाएको छ भने माओवादी केन्द्रले ३१ हजार ७३५, नेकपा एकीकृत समाजवादीले १० हजार ४१५, राप्रपाले १६ हजार २३०, जसपाले १६७५, राष्ट्रिय जनमा्र्चाले ५ शय ५५  पाएको छ ।


ट्रेन्डिङ