धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अयडीको हत्यामा संलग्न रहेको आरोपम दुई जना पक्राउ

धनगढी : अनेरास्वबियुका नेता चेतनदीप अयडीको हत्या आरोपमा प्रहरीले थप २ जनालाई  पक्राउ गरेको छ । मंगलबार पक्राउ परेका दुवै जनाको परिचय प्रहरीले खुलाएको छैन ।

अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले  अयडीको हत्याको आरोपमा यसअघि दुई जनालाई पक्राउ गरेको  छ ।

त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको मंसिर ४ गते राति कुटपिटबाट मृत्यु भएको थियो ।  कुटपिटपछि घाइते भएको अयडीलाई बयलपाटा अस्पताल पुरयाएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।


ट्रेन्डिङ