धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भुकम्प पछि पुनर्निमाणको अध्उयनका लागि डोटीमा प्राबिधिक टोलि खटिदै

भुकम्प पछि पुनर्निमाणको अध्उयनका लागि डोटीमा प्राबिधिक टोलि खटिदै

धनगढी ।  कात्तिक २२ गते आएको भुकम्पका कारण भएको क्षेति भएका संरचनाको पुनर्निमाणका लागि अध्ययन गर्न डोटीमा प्राबिधिक टोली खटिने भएको छ ।

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने राष्ट्रिय विपद् प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए ।

आमनिर्वाचनका कारण प्राबिधिक टोली डोटी पुग्न केही ढिलाई भएको उनले बताए । प्राविधिक टोलीले भुकम्पले पु¥याएको क्षेतिको स्थलगत निरीक्षण तथा अध्ययन गरेर फर्केने छ । सो अध्ययन पछि  कसरी पुनर्निमाण गर्न सकिन्छ भन्ने बारेमा अध्ययन हुने प्रबक्ता भट्टराईले बताए ।

डोटीमा गएको भूकम्पले डोटीलगायत बझाङमा पनि क्षति भएकाले टोलीले सबै ठाउँमा गएर रिपोर्ट तयार गर्दा २ महिना समय लाग्ने बताएको छ । कात्तिक २२ गते राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तडबाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा दर्जनौं घर भत्किएका थिए ।

भूकम्पको कारण ६ जनाको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए ।


ट्रेन्डिङ