धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा ग्रेडरको ठक्करबाट बिद्यालय जादै गरेकी बालिकाको मृत्यु

धनगढी ।  ग्रेडरले साइकललाई ठक्कर दिदा धनगढीमा बिद्यालय गइरहेकी एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । बालिका पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत  थिइन् ।

बालिका साइकलमा स्कुल जादै गदौ सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको हो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ ।


ट्रेन्डिङ