धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

छात्राको मृत्यु पछि धनगढीमा विद्यार्थी आन्दोलित

छात्राको मृत्यु पछि धनगढीमा विद्यार्थी आन्दोलित

धनगढी । सडक निर्माणका क्रममा प्रयोग गरिएको ग्रेडरले च्यापेर पञ्चोदय माविकी छात्राको मृत्यु भएपनि विद्यार्थी आन्दोलमा उत्रेका छन् ।

बिहीबार विहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको वडा नम्बर–५ हसनपुर स्थित पिपल चौतारा नजिकै ना १क ९७५ नम्बरको ग्रेडरले च्यापेर मृत्यु भएको थियो ।

साउँदको मृत्यु पछि विद्यार्थीहरु सडकमा उत्रेका हुन् । दोशीलाई कारवाही गरिनुपर्ने माग राख्नै आन्दोलनमा उत्रेका विद्यार्थीले धनगढीको मुख्य सडक र अन्य शाखा सडक समेत बन्द गरेका छन् ।  कालिका कन्स्ट्रक्सनको ग्रेडर र ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।


ट्रेन्डिङ