धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चेतन हत्याप्रकरणमा वडाअध्यक्ष प्रक्राउ

चेतन हत्याप्रकरणमा वडाअध्यक्ष प्रक्राउ

धनगढी । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

चेतनका आफन्तले हत्यामा संलग्न भएको आरोप लगाउदै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख सूर्य थापाले चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी आएपछि सोधपुछका लागि वडा अध्यक्षलाई प्रक्राउ गरिएको बताए । सो प्रकरणमा वडा अध्यक्ष सहति तीन जनालाई नियन्त्रणमा लगिएको उनले बताए ।

नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोग लागेका वडाध्यक्ष जुद्ध एक महिना पहिला मात्र धरौटीमा छुटेका थिए । जिल्ला अदालत बाजुराले उनलाई एक लाख धरौटीमा छोडेको हो । उनीसँगै अन्य तीन जनाले एक लाख धरौटी बुझाएका थिए ।


ट्रेन्डिङ