धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चालक  बिरुद्ध किटानी जाहेरी दर्तापछि आफन्तले बालिकाको शव उठाए

धनगढी । ग्रेडरका चालक बिरुद्ध किटानी जाहेरी दता भए भएपछि धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ ।

बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालकका विरूद्व जल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् । ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल हुन् ।

किटानी जाहेरी दर्ता भएपछि  परिवारले शव बुझेको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

ठक्करबाट घाइते भएकी चेतना साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन ।

किटानी जाहेरीपछि प्रहरीले शुक्रवार नै जिल्ला अदालत कैलालीबाट ४ दिनको  म्याद थप गराएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका ६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।


ट्रेन्डिङ