धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

धनगढी । बझाङमा घाँस काट्न गएकी एक महिलाको भीर बाट लडेर मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर बोहराले बताए ।


ट्रेन्डिङ