धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

धनगढी । लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार त्रिभुवन क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनिलाई पराजित गर्दै सुदूरपश्चिमले ट्रफि जितेको हो ।

जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूर पश्चिमका लागि दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए । गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहे ।

लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २९ ओभर १ अबलमा सवै विकेट गुमाएर ९२ मात्र बनाउन सकेको थियो ।

लुम्बिनीका आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लुम्बिनीको इनिङ्स ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ५ विकेट लिए । २ मेडन फालेका उनले ९ ओभरमा मात्र १५ रन दिएका थिए । हेमन्त धामी र नरेन साउदले समान २ तथा आकाश चन्दले १ विकेट लिए ।


ट्रेन्डिङ