धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टी

धनगढी,

  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षण अनुसार पछिललो २४ घण्टाको अवधीमा १ महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टी भएको हो ।

   २४ घण्टाको अवधीमा कोरोना पुष्टी हुनेमा बोगटान गाउँपालिका डोटीका १ पुरुष, आदर्श गाउँपालिका डोटीका दुुई पुरुष, दिपायल सिलगढी नगरपालिका डोटीका १ महिला, बेलौरी नगरपालिका कञ्चनपुरका २ पुरुष र पर्नवास नगरपालिका कञ्चनपुरका ३ पुरुष रहेका सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

   पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिमका २ सय ७ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 

 


ट्रेन्डिङ