धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा निशुल्क एम्बुलेन्स सेवा

धनगढीमा निशुल्क एम्बुलेन्स सेवा

धनगढी । धनगढी उपमहानगरपालिकाले निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानरपालिकाले निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताएको हो ।

उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण वडाहरुमा विरामी तथा सुत्केरीहरुका लागि निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । सेवाका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।


ट्रेन्डिङ