एक्सिस बिद्याश्रमद्धारा कानुनी मेला सम्पन्न

एक्सिस बिद्याश्रमद्धारा कानुनी मेला सम्पन्न

धनगढी एक्सिस बिद्याश्रम माध्यमिक बिद्यालयले एक्सिस कानुनी मेला सम्पन्न गरेको उक्त कानुनी मेलामा कानुन सम्बन्धी बिभिन्न बिषयमा प्रतियोगितात्मक अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो

 लैंगिक हिंसा न्युनीकरणमा स्थानिय न्यायिक निकायको भुमिका भन्ने  बहश कार्यक्रम रहेको थियो जसमा धनगढी उपमहानगरपालिकाका पुर्व उपमेयर सुशिला मिश्र भट्ट स्थानिय न्यायिक निकायका कानुनी अधिकृत खडक कुंजेडाले बिद्यार्थी हरुले सोधेको प्रशनहरुको जवाफ दिएका थिए

 यसैगरी सम्बन्ध बिच्छेदको मुद्दाको सुनुवाई गरिएको थियो भ्रष्टाचार बिरुद्ध बिद्यार्थीहरुको हस्ताक्षर संकलन जस्ता अप्रतियोगितात्मक कार्यक्रम रहेका थिए भने कानुनी मुद्दामा नै आधारित रहेर चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगिता तथा वादविवाद प्रतियोगिताहरु सम्पन्न गरिएको थियो

धनगढीमा रहेका  कानुन संकाय पढाई हुने बिद्यालयहरु धनगढी नमुना माबि, सुदुरपश्चिमाञ्चल एकेडेमी, क्रिसेन्ट सिटी कलेज, एलाईन्स ईन्टरन्यासनल कलेज तथा एक्सिस माध्यमिक बिद्यालयमा कक्षा एघार बार्हमा कानुन पढिरहेका बिद्यार्थीहरुको उक्त कार्यक्रममा उलेख्य सहभागिता रहेको थियो यस्तो प्रकारको कानुनी मेला सुदुरपश्चिमा नै पहिलो पटक सम्पन्न भएको हो

कानुन पढिरहेका बिद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराई कानुन सम्बन्धी गहिरो ज्ञान दिने उदेश्यले उक्त कानुनी मेलाको आयोजना गरिएको एक्सिस माध्यमिक बिद्यालयका प्राचार्य अनिता पन्तले जानकारी गराइन्