धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हत्या आरोपमा एमालेबाट निर्वाचित वडा अध्यक्ष र निवर्तमान वडा अध्यक्ष पक्राउ

धनगढी । दार्चुलाको व्याँस गाउँपालिकाका नरसिंह विष्टको हत्या आरोपमा पक्राउ परेका मध्ये एक जना हालै  निर्वाचित वडा अध्यक्ष  र एक जना  निवर्तमान वडा अध्यक्ष रहेका छन् ।

पक्राउ परेका मध्य ब्याँस गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट वडा अध्यक्ष  हुन्  । उनी ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फलाई अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, पक्राउ परेका  ५५ वर्षीय संग्राम सिंह विष्ट सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् ।

प्रहरीले अनुसन्धानका क्रमा बिहीवार स्थानीय मोहनसिंह विष्ट सहित ३ जनालाई पक्राउ गरेको थियो ।

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

४० वर्षीय विष्ट मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।


ट्रेन्डिङ