धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीमा जिप दुर्घटनामा चालकको मृत्यु

धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका १० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ उकालीका ३५ वर्षीय चालक तेज बहादुर साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।

जिपमा चालक बाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।


ट्रेन्डिङ