धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ  । दुर्घटनामा परि गम्भरि घाइते भएका उनको माहाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ