कैलालीमा बाक्लो हुस्सु, चिसो बढ्यो

कैलालीमा बाक्लो हुस्सु, चिसो बढ्यो

धनगढी । कैलालीमा बुधबार देखि हुस्सु लाग्न सुरु भएको छ । बुधबार देखि बाक्लो हुस्सु लागेपछि चिसो बढेको छ ।
स्वास्थ्यकर्मीहरुले चिसोमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । ‘दमका रोगि, निमोनिया ग्रस्त विरामीलाई चिसोमा समस्या हुन सक्दछ,’ सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले भने, ‘त्यसतो समस्या भएका विरामीले सकभर घर भित्रै बस्दा राम्रो हुन्छ, बाहिर निस्कन परेपनि न्यानो लगु गालगाएर निस्कन सुझाव छ ।’ 
मधुमेह रोगलागेका मानिसलाई पनि चिसोमा स्वास्थ्य समस्या आउन सक्ने उनले बताए । यसका साथै बालबालिका लाई रुघा, खोकि लाग्ने र ज्वरो आउन सक्ने हुँदा चिसोबाट बालबालिकालाई बचाउन उनले अभिभावकलाई सुझाएका हुन् ।
प्रयाप्त झोलिलो खानेकुरा खाने र तातो पानीको प्रयोग गर्न सके चिसोको असरबाट बच्न सकिने डाक्टर कमरको सुझाव छ ।
तातोका लागि भित्र प्रयोग गरिने विद्युतिय सामाग्री वा आगो बाल्दा कोठामा हावा ओहोर दोहोर हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् । हावा ओहोर दोहोर नहुँदा अक्सिजनको कमिका कारण पनि स्वास्थ्य समस्या हुन सक्ने उनले बताए ।