धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जिप दुर्घटना हुँदा ६ जना घाइते

जिप दुर्घटना हुँदा ६ जना घाइते

धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना  घाइते  भएका छन् । बैतडीको पुर्चौडी नगरपालिका–६ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना  घाइते भएका प्रहरीले जनाएको छ ।

बुधबार राती धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनकाअनुसार घाइते हुनेमा बझाङको बुङ्गल नगरपालिका–७ अठ्पालीकी ४५ वर्षिया हर्का देवी धामी , २० वर्षिय सचिन धामी , बुङ्गल नगरपालिका ८ कि ५० वर्षिया मैना देवि बोहरा, बुङ्गल नगरपालिका–४ कि ४८ वर्षिया लाली देवि कार्की, ५२ वर्षिय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्ट  रहेका छन ।

घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको  छ ।


ट्रेन्डिङ