धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चरेश सहित धनगढीबाट दुई जना पक्राउ

चरेश सहित धनगढीबाट दुई जना पक्राउ

धनगढी । धनगढीबाट लागुऔषध चरेश सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको खप्तड छान्ना गाउँपालिका घरभई हाल धनगढी–८ बस्ने १९ बर्षिय क्षितिज रावललाई एक किलो २ सय ग्राम चरेश र बझाङको छबिस पाथिभेर गाउँपालिका–२ का ३६ बर्षिय जक्सन रोकायाबाट ८ सय ग्राम चरेश बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार दुवै जनालाई धनगढी–८ क्याम्पसरोडबाट पक्राउ गरिएको हो ।

सडकमा हिडिरहेका दुवै जनामाथी शंकालागेपछि आवश्यक चेकजाँच गर्दा चरेश भेटिएको प्रहरी नायव उपरिक्षक जोशीले बताए । पक्राउ परेका दुवैजनालाई आवश्यक छानविनका लागि प्रहरी हिरासतमा राखिएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान टोली  र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।


ट्रेन्डिङ