धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सहरकारीबाट पाँच लाख ६८ हजार चोरी

सहरकारीबाट पाँच लाख ६८ हजार चोरी

धनगढी । अत्तरिया स्थित साना किसान कृषि सहकारी संस्थाबाट चोरी भएको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्थाको लकर तोडेर ५ लाख ६८ हजार ६ सय रुपैंया चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतका अनुसार कार्यालयको  झ्यालको ग्रिल निकालेर चोरी भएको हो । चोरले सिसीभिटी क्यामराको डिभाइससमेत लिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।


ट्रेन्डिङ