धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
राष्टिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औ साधारण सभा

उदयदेव सहकारी देशभरिमा उत्कृष्ठ सहकारी घोषित

उदयदेव सहकारी देशभरिमा उत्कृष्ठ सहकारी घोषित

धनगढी । उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेड देशभरिका सहकारीहरुमा उत्कृष्ट घोषित भएको छ  । राष्टिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औ साधारण सभाका अवसरमा शनिबार सहकारी बैंकहरुसँग कारोवार गर्ने देशभरिका  सहकारीहरु मध्य कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेवलाई उत्कृष्ट सहकारी घोषणा गरेको हो ।

बर्षभरि गरेको बचत ऋण र अन्य कारोवारका आधारमा उदयदेव उत्कृष्ट घोषणा गरिएको सहकारी बैंकलेल जनाएको छ ।

  सहकारी बैंकले सुदुरपश्चिम प्रदेशस्तरमा कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउदेश्यीय सहकारी संस्थालाई उत्कृष्ट घोषणा गरेको छ । बचत तथा ऋण सहकारीहरु मध्य प्रदेशस्तरमा युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरलाई उत्कृष्ठ घोषणा गरेको  छ ।

त्यस्तै, सहकारी बैंकको धनगढी शाखा अन्तर्गतका सहकारीहरुमध्य सृजनशील महिला बिकास बहुउदेश्यीय सहकारी जमुनानगर उत्कृष्ठ घोषणा भएको छ । नियमित कारोवारका आधारमा शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडलाई सम्मानित गरेको छ ।

बैंकको महेन्द्रनगर शाखा अन्तर्गत मेगा बचत तथा ऋण सहकारी संस्था उत्कृष्ठ घोषित भएको छ ।  नियमित कारोवार तर्फ भने निङलासैनी  बहुउदेश्यीय सहकारी उत्कृष्ट घोषित भएको छ ।


ट्रेन्डिङ