धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

चिसो बढेपछि वेदकोटले गर्यो विद्यालय बन्द

चिसो बढेपछि वेदकोटले गर्यो विद्यालय बन्द

धनगढी । चिसो बढेपछि कञ्चनपुरको वेदकोट नगरपालिकाले १५ दिनका लागि विद्यालयमा विदा गर्ने निर्णय गरेको छ ।
पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।
‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन् ‘त्यही माग अनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो ।’
उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।