धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सुदूरपश्चिम प्रदेश सभा

आज प्रदेश सभाको पहिलो बैठक बस्दै

सभामुख चयनको कार्यतालिका प्रकाशित गरिने

आज प्रदेश सभाको पहिलो बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज (सोमबार) दिउसो एक बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेश सभाका जेष्ठ सदस्य मान बहादुर रावलको अध्यक्षतमा बस्ने छ ।

पहिलो बैठकमा शुभाकामना आदान प्रदान गर्ने, सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र प्रदेश सभा नियमावली संशोेधनको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

प्रदेश सभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्नुपर्ने देखिएकोले सो सम्बन्धी शंसोधन प्रस्ताव जान सक्ने सूचना अधिकारी जैशीले बताए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओबादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकिकृत समाजबादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् ।


ट्रेन्डिङ