धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सेवा निबृत्त शिक्षक समाजको धनगढी नगर अध्यक्षमा ऐर

धनगढी सेवा निबृत्त शिक्षक समाजको धनगढी नगर अधिवेशन गोपाल ऐरको अध्यक्षतामा नगर समिति गठन गर्दै सम्पन्न भएको निर्विरोध रुपमा चयन भएको समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार खड्का, सचिव गगन सिंह ऐर कोषाध्यक्षमा टेकराज भट्ट रहेका छन्

कार्यसमितिको सदस्यमा लाल बहादुर बोहरा, टेक बहादुर चन्द, यज्ञराज अवस्थी, प्रजापति पडाल, सुदर्शन शर्मा, तेजराज पन्त रहेका छन्

एघार सदस्यीय कार्यसमितिका अन्य सदस्यहरुको मनोनयन गरिनेछ

समाजका जिल्ला अधयक्ष डिल्लीराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य मदनरा जोशी प्रमुख अतिथि रहेका थिए

समाजले शैक्षिक संस्थाहरुको सेवा निबृत्त शिक्षकहरुको बिज्ञताका सहभागिता, अध्ययन अनुसन्धान खोजमुलक कार्यहहरुमा संलग्नता, सामाजिक सम्मान सुविधाको वकालत गर्ने संस्थाको उदेश्य रहेको जिल्ला अध्यक्ष जोशील बताए