हेबिटेटले समुदायमै मनायो २५ औं बर्ष बिशेष

हेबिटेटले समुदायमै मनायो २५ औं बर्ष बिशेष

कन्चनपुर   हेबिटेट नेपालले  नेपालमा काम शुरु गरेको २५ औं बर्ष बिशेष कार्यक्रम  सुरक्षित आवास कार्यक्रम संचालन भैरहेको गाउँमा नै मनाएको कन्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरमा ह्याबिटेटले समुदाय, स्थानीयर सरकार सामाजिक संस्थाहरुको सहभागितमा  २५बर्ष गाठ मनाएको हो

समुदायको सुरक्षिक आवास कार्यक्रमका लागि कार्य गरिरहेकोले २५ बर्ष पुगेको खुशी समुदायसँग नै साट्न गाउँमा नै मनाएको हेबिटेट नेपाल पश्चिम फिल्ड कार्यालय धनगढीका कार्यक्रम व्यवस्थापक पुनिता चौधरीले बताइन्   हामी जुन समुदायसँग मिलेर काम गरिरहेका छौं, त्यसै समुदाय स्थानीय सरकारसँग मिलेर बर्षगाठ मनाएका हौं कार्यक्रम व्यवस्थापक चौधरीले भनिन्  हाम्रा मुख्य सरोकारवालासँग खुशी मनाएका हौं

सो अवसरमा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले ब्यवस्थित बस्ती बिकास गर्ने काममा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए धरमपुरमा व्यवस्थित बस्ती बिकास गर्ने योजना पुरा हुनु पर्ने बताउँदै मेयर बोहराले  यस कार्यमा सस्थाहरु सक्रिय हुुनु पर्ने नगरपालिकाले बाटो बनाउन सहयोग गर्ने बताए

सुदुरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भुमिश्रोत नक्सांकन महाशाखाका नापी अधिकृत धर्मराज ओझाले हेबिटेटले देखिने गरेर काम गरेको बताउदै यस्ता कामले बिकासमा फड्का् मार्ने बताए

धरमपुरका भुमिहीन अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा बितरणको काम अघि बढेकोले पुर्जासँगै घर हस्तान्तरण गर्न सकेमा राम्रो हुने ओझाले बताए

भुमि आयोग कन्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुंगानाले  जग्गाको नापजाच अरु काम अन्तिममा रहेको बताउदै  पुर्जा बितरणको काम चाडै शुरु हुने बताए

बेदकोट नगरपालिका वडा नम्बर का अध्यक्ष चित्रराज भट्टले धरमपुरमा घर निर्माण भैरहेको ठाउँसम्म बाटो निर्माणको काम नगरपालिकाले गर्ने बताए

  हेबिटेट नेपाल पश्चिम फिल्ड कार्यालय धनगढीका कार्यक्रम व्यवस्थापक पुनिता चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्टिय  मुक्त हलिया समाज महासँघका अध्यक्ष इश्वर सुनार, राष्टिय दलित नेटवर्कका महासचिव मोहन ओड, वडा नम्बर का पुर्व अध्यक्ष गणेश बिके लगायतले मन्तव्य व्यक्त गरेका थिए राममणि चौधरीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य हेबटेट नेपालकी संचार बिज्ञ प्रकृति नेपालले व्यक्त गरेकी थिइन्

धरमपुरमा रहेका भुमिहीन सुकुम्बासी ८४ परिवार मध्य १८ घर यसअघि निर्माण भैसकेका छन् अहिले  भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एकीकृत मुख्यमन्त्री बस्ती बिकास कार्यक्रम हेबिटेनको सहकार्यमा धरमपुरमा अहिले २५ घर निर्माण भैरहेका छन्

हेबिटेट नेपालले भुमिहीन, सुकम्वासी, दलित लगायत सामाजिक आर्थिक रुपमा पछाडी पारिएका वर्गको सुरक्षित आवासको लागि सरकारसँगको सहकार्यमा काम गर्दै आइरहेको