धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिमको नेतृत्व एमाले लाई, राजेन्द्र रावल मुख्य मन्त्री बन्ने

सुदूरपश्चिमको नेतृत्व एमाले लाई, राजेन्द्र रावल मुख्य मन्त्री बन्ने

धनगढी । शत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एमालले पाउने भएको छ ।

आधा आधा कार्यकाल मुख्यमन्त्री बनाउने शत्तारुढ दलको सहमति अनुसार पहिला प्रदेशको नेतृत्व नेकपा एमालले पाउने र ढाई बर्ष पछि नेकपा माओबादी केन्द्रले मुख्यमन्त्री पाउने छ ।

शत्तारुढ गठबन्धन दल विच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिह रावल बन्ने छन् ।

सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेको माओवादीबाट प्रदेश सभामा विजयी अक्कलबहादुर रावलले बताए । उनका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्री हुनेछ । एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन् । माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ । माओवादीका दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुने छन् । एमाले संसदीय दलका नेता रावलका अनुसार सुदूरपश्चिम एमालेको भागमा परेपनि औपचारीक्ता बाँकी छ ।

सुदूरपश्चिम र वागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्ने भएको हो । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने छ भने वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ ।


ट्रेन्डिङ