धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बेलाधाममा महायज्ञ लाग्ने

बेलाधाममा महायज्ञ  लाग्ने

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित बेलादेवीपुर धाममा श्री शिवपुराण एकादशाह ज्ञान महायज्ञ तथा बिश्व कल्याण श्रृङगारिक महाआरती लाग्ने भएको छ ।

ज्ञान महायज्ञ आयोजक मुल समितिका अध्यक्ष कबिराज जोशीले धार्मिक तथा सांस्कृतिक बिकासका लागि महायज्ञको आयोजना गर्न लागिएको बताए । महायज्ञ माघ २५ देखि फागुन ६ गतेसम्म सँचालन हुनेछ ।

बेलाधाममा इश्वरको बासस्थान रहेको बिगतमा सुनिन आएको उल्लेख गर्दै अध्यक्ष जोशीले शेष शैयामा शयन गरेका लक्ष्मीनारायणको ठुलो मुर्ति निर्माणका लागि महायज्ञ लगाउन लागिएको हो ।

महायमा करिब १० लाख खर्च हुने र महायज्ञलाई सफल बनाउन बिभिन्न उपसमितिहरु बनाइएको अध्यक्ष जोशीेले बताए ।

११ नम्बर वडाका अध्यक्ष रबिन कुवरले बेलाधामको बिकासका लागि योजना निर्माण भैसकेको र  योजना अनुसारको निर्मााण कार्य हुदै गएको बताए ।

बेलाधाममा बिहानदेखि साझसम्म सबैका लागि उपयुक्त र चहलपहज हुने धार्मिका क्षेत्रका रुपमा बिकास गर्ने कार्य अघि बढाइएको अध्यक्ष कुवरले बताए ।

महायज्ञमा प्रमुख पुराण वाचक पुणांनन्द जोशीकाृ मुखारबिन्दुबाट मुलपाठ बाचन हुने, पुराणबाचक बालब्यास पुरोणोपासक पण्डित सत्यराज अवस्थीले संगीतमय प्रवचन दिनेछन् ।

 


ट्रेन्डिङ