धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सिड्लिङ जोनमा बालबालिकाहरुको विशेष ख्याल हुन्छ : रेग्मी

सिड्लिङ जोनमा  बालबालिकाहरुको विशेष ख्याल हुन्छ : रेग्मी
शारदा रेग्मी प्रिन्सिपल   सिड्लिङ जोन

मन्टेश्वरी शिक्षण विधि भनेको केहो ?

मन्टेश्वरी  भनेको मारिया मन्टेश्वरीले प्रतिपादन गरेको शिक्षण विधि हो । दुई बर्षदेखि ६ बर्ष सम्मका बालबालिालाई आधारभुत ज्ञान दिन मारिया मन्टेश्वरीले एउटा शिक्षण विधि अवलम्बन गर्नुभयो र त्यो विधि धेरै प्रभावकारी बन्यो । अहिले त्यही शिक्षण विधिलाई अबलम्बन गरेर बालबालिालाई सिकाइने गरिएको छ । पहिलो पटक स्कुल जाने बालबालिालाई सिकाउन मन्टेश्वरी सफल शिक्षण विधि बनेको छ ।

हामीले २०६५ सालदेखि मन्टेश्वरी विधिबाट शिक्षण गराउन थालेको हौ । सुदूरपश्चिममा पहिलो पटक हामीले मन्टेश्वरी शिक्षण विधि भित्र्याएका थियौं ।

सिड्लिङ जोनलाई नै किन छान्ने अभिभावकले ?

सिड्लिङ जोनमा अनुभवी र मन्टेश्वरी तालिम प्राप्त शिक्षिका रहेका छन् । बालबालिकालाई शिक्षक भन्दा शिक्षिकाले बढी स्याहार गर्न सक्ने हुन्छन् । त्यसैले हामीले सवै शिक्षिका राखेका छौं । उनीहरु अनुभवी र तालिम प्राप्त छन् । सुदूरपश्चिमकै मन्टेश्वरी विधिबाट शिक्षण गराउने पहिलो शैक्षिक संस्था पनि सिड्लिङ जोन नै हो ।

त्यसैगरी हाम्रो विद्यालयमा मन्टेश्वरी शिक्षण पद्ध्तिका लागि आवश्यक पर्ने सवै शैक्षिक सामाग्री उपलब्ध छन् । बालबालिकाका लागि खेल सामाग्रीको प्रयाप्त व्यवस्था रहेको छ । विद्यार्थीलाई ओसार्न सुविधा सम्पन्न भ्यानको पनि व्यवस्था रहेको छ । त्यसका अलावा हाम्रा विद्यालयमा बालबालिकालाई स्वस्थकर खानेकुरा उपलब्ध गराउँदै उनीहरुको स्वास्थ्यलाई पनि विशेष ख्याल गरिएको हुन्छ ।

स्वच्छ पिउने पानी, ताजा फलफुल र हाइजनिक एवं स्वस्थकर खाजा खुवाउने गरेका छौं । अहिलेसम्म सवै अभिभावक सन्तुष्ट हुनुहुन्छ । हामीले शैक्षिक विकासका लागि तत्कालिन र दिर्घकालिन योजना बनाका छौं ।

बालबालिकालाई मन्टेश्वरीमै किन पढाउने ?

बालबालिका भनेको गिलो माटो जस्तै हुन् । गिलो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । बालबालिका पनि गिलो माटो जस्तै कुनै आकारमा ढल्कि सकेका हुदैनन् । तर उनीहरुलाई शुरुवाती शिक्षा जस्तो प्रदान हुन्छ, उनीहरुको आकार पनि भविश्यमा त्यसै हुने गर्दछ ।

मन्टेश्वरी शिक्षण विधि एउटा यस्तो माध्यम हो जहाँ गिलो माटो जस्तै कुनै आकार नलगि सकेका बालबालिलाई एउटा सहि दिंशा निर्देश गर्नका लागि उपयुक्त शिक्षण विधि अवलम्बन गरिन्छ । बालबालिकालाई दवावमा नभई उनीहरुको चाहनाका आधारमा शिक्षण गरिने भएका कारण मन्टेश्वरी पद्धतिले बालबालिकालाई सामान्य स्कुलको भन्दा सहज रुपमा वृहत शिक्षा प्रदान गर्न सक्छ । शिक्षासंगै बालबालिकालाई समाजिक क्षेत्र रुपमा पनि जिम्मेवार बनाइने गरिन्छ ।

मन्टेश्वरी विधिमा बालबालिकाले रमाईलो गर्दै सिक्ने हुँदा उसलाई मानसिक रुपमा पनि कुनै दवाद हुदैन । मन्टेश्वरी विधिमा बालबालिकाको दायाँ र बायाँ दुवै तर्फको दिमागलाई सक्रिय बनाउने गरी गतिविधि सञ्चालन  हुन्छन् । सामान्य तया मानिसको दाहिने तर्फको दिमाग मात्रै बढी सक्रिय हुने गर्दछ ।

अहिले धेरै अभिाकहरुले आफ्ना नानी बाबुहरुलाई मन्टेश्वरी स्कुलमा भर्ना गर्न चाहिरहेका हुन्छन् । म अभिभाकलाई के भन्न चाहन्छु भने, तपाईहरु कसैले कुरा गरेकै भरमा मात्रै आफ्ना नानी बाबुहरुलाई भर्ना नगर्नुहोला । एक पटक सवै मन्टेश्वरी स्कुलको बारेमा राम्ररी बुझ्नुहोला । किनकी स्कुलको भौतिक संरचना चिटिक्क् पारेको छ भन्दैमा स्कुलको सवै कुरा राम्रो हुँदैन । विद्यालयको गुणस्तर कस्तो छ भन्ने कुरा महत्वपुर्ण हो ।


ट्रेन्डिङ