धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

श्रीमानको पुण्यतिथिमा  थापाद्धारा बिद्यार्थीलाई सहयोग

श्रीमानको पुण्यतिथिमा  थापाद्धारा बिद्यार्थीलाई सहयोग

धनगढी  । आफ्ना श्रीमानको सातौ पुण्यतिथिमा धनगढीको मेनरोडमा रहेको टप इन टाउन होटलकी संचालन निम्मी थापाले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको बाल आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालय पोशाक, कापी र कलम   सहयोग गरेकी छन् ।

शुक्रवार एक कार्यमको आयोजना गरेर थापाले बिद्यालयका बिद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गरेकी हुन् ।

बिद्यालयको अवस्था .एकदमै कमजोर रहेको र साना कक्षाका बिद्यार्थीहरुलाई  अध्ययनमा सहज होस् भनेर सामाग्री सहयोग गरेको थापाले बताइन् ।

बाल आधारभुत बिद्यालयमा जम्मा ४० जना बिद्यार्थी र एक जना शिक्षक मात्र रहेका छन् ।

व्यवसायी र सामाजिक काममा सक्रिय भुपेन्द्र थापाको सात बर्ष अघि निधन भएको थियो । आफ्ना श्रीमानको स्मृतिमा थापाले यसअघि पुर्वी तराईका जिल्लामा पनि सहयोग गरिसकेकी छन् ।

 


ट्रेन्डिङ