धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
मुख्यमन्त्रीले विश्वासको मत लग्ने भोली अनितम दिन

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आज बुबारका लागि आह्वान गरेको बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बुधबार १ बजेका लागि आह्वान गरिएको बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित गरिएको उल्लेख गरिएको छ ।

आजको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लग्ने कार्यतालिका रहेको भएपनि नागरिक उन्मुक्ति पार्टीले अझै मत दिने वा नदिने भन्ने बारेमा प्रष्ट धारणा दिएको छैन । नागरिक उन्मुक्ति संग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सवै काठमाण्डौंमै छन् ।

नागरिक उन्मुक्ति पार्टी विना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले आजका लागि आह्वान गरिएको प्रदेश सभा बैठक स्थिगित गरेको हो । मुख्यमन्त्री रावलले भोली १ बजे सम्म विश्वासको मत पाउन नसकेमा उनी पद मुक्त हुने छन् ।

नागरिक उन्मुक्ति पार्टी सहित नेकपा माओबादी केन्द्र, नेकपा एमाले र राप्रपाको समर्थनमा राजेन्द्र रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


ट्रेन्डिङ