धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

सुदुरपश्चिमको मुख्यमन्त्रीमा  कांग्रेसका कमल शाह  नियुक्त

धनगढी ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका शाहले शुक्रवार भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् । जसले गर्दा नेकपा एमालेले नेतृत्व सहितको बर्तमान गठबन्धनको प्रदेश सरकारले पूर्णता नपाउँदै ३० दिनमा ढलेको छ ।


ट्रेन्डिङ