धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री शाह र उन्मुक्तिकी अध्यक्ष रन्जिताबीच भेट

सुदुरपश्चिमका मुख्यमन्त्री शाह र उन्मुक्तिकी अध्यक्ष रन्जिताबीच भेट

धनगढी । सुदुश्चिमका मुख्यमन्त्री कमल  बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच शनिबार कैलालीको टीकापुरमा भेट भएको छ ।

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह र अध्यक्ष श्रेष्ठबीच भेटवार्ता भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सासंद लक्ष्मण किशोर चौधरीले बताए ।

‘दुवै जना टीकापुर आएको बेला संयोगले भेट भएको हो’ चौधरीले भने । ‘उहाँहरूबीच प्रदेशको पछिल्लो राजनीति अवस्थाबारे सामान्य कुराकानी भएको छ ।’

टीकापुर नगरपालिकाको राष्ट्रपति रनिङ सिल्डको उद्घघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आएकी थिइन् । पदभार ग्रहणपछि मख्यमन्त्री शाह रेशमका परवारलाई भेट्न जानकी ६ जगतपुर गएका थिए ।  यसअघि बिहान मुख्यमन्त्री शाहले रेशमकी आमासँग भेटेका थिए ।

मुख्यमन्त्री शाहले बिश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीका  सांसदको समर्थन आवश्यक छ । सुदुश्चिम प्रदेश सभामा उन्मुक्तिका सात सांसद छन् ।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ ।

एमालेका राजेन्द्रसिंह रावलले बिश्वासको मत लिन नसकेपछि ३० दिनमा नै मुख्यमन्त्रीबाट  राजीनामा दिएका थिए ।

 

 


ट्रेन्डिङ