धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

क्यान इन्फोटेकमा सुचना प्रविधिको प्रदर्शनी र सचेतनाको काम हुन्छ: :  पनेरु

क्यान इन्फोटेकमा सुचना प्रविधिको प्रदर्शनी र  सचेतनाको काम हुन्छ: :  पनेरु
टेकराज पनेरु निर्देशक क्यान इन्फोटेक आयोजक समिति क्यान कैलाली

क्यान इन्फोटक कस्तो कार्यक्रम हो ?

क्यान इन्फोटक सुचना प्रविधि सम्वन्धी  सचेतना जगाउने, सुचना प्रविधिको प्रदर्शनी र सुचन प्रविधिसँग जोडिएका व्यक्ति, सरोकारवालाहरुको बिषयगत परिचय गर्ने, सुचना प्रविधका उपकरणहरुको व्यवसाय प्रवद्र्धन गर्ने थलो हो ।

 क्यान इन्फोटकमा के कस्ता गतिविधिहरु हुन्छन् ?

क्यान इन्फोटेकमा सुचना प्रविधिसँग सम्वन्धी सामानहरुको प्रदर्शनी हुन्छ । सुचना प्रविधको सचेतनाका कार्यक्रमहरु हुन्छन् । सुचन प्रविधिको अध्यापन गर्ने संघसंस्थाहरुको पनि समावेश हुन्छन् ।

सुचना प्रविधिका  कस्ता खालका कम्पनीहरुको  सहभागिता हुदैछ ? 

इन्फोटेकमा सुचना प्रविधिसँग जोडिएका सबैलाई स्वागत छ । कम्प्युटर, इलेक्टोनिक्सका होम एप्लायन्सहरु जस्तै : टीभी, फ्रीज, मोबाइलका स्टल हुनछन् ।

सुचना प्रविधिको अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरुको सहभागिता हुदैछ । धनगढीका नास्ट कलेज, ऐश्वर्य बहुमुखी क्याम्पस, एसपीए कलेज, कैलाली बहुमुखी क्याम्पसमा  बीसीए, बीएसआइटी जस्ता सुचना प्रविधिको पढाई हुन्छ ।  सुचना प्रविधिको पढाई  धनगढीमै हुन्छ र सुचना प्रविधिका दक्ष जनशक्ति यही उत्पादन भैरहेका छन् भनेर जानकारीका लागि कलेजहरुको सहभागिता गरेका छौं । इन्फोटेकमा कलेजहरुले आफ्ना कार्यक्रम र उत्पादनका बारेमा प्रदर्शनी राख्नेछन् । त्यसैले सामान खरिद गर्न चाहने र सुचना प्रविधिमा चासो राख्नेहरुका लागि निकै लाभदायक छ ।

इन्फोटेकमा  सुचना प्रविधिका बारेमा कस्ता सचेतनाका कार्यक्रम हुन्छन् ?

इन्फोटकमा प्रविधिको पदर्शन मात्र हुदैन, सुचना प्रविधिका बारेमा गोष्ठी, सेमीनारहरु हुन्छन् । इन्फोटककै क्रममा सुचना प्रविधि सम्वन्धी सेमीनार पनि आयोजना हुन्छन् । गाउपालिका र नगरपालिकाका सुचना प्रविधि अधिकृतहरुका लागि कार्यशाला पनि संचालन गर्छौ ।  ती कार्यक्रमहरुका लागि जिम्मेवारी नै तोकेका छौं ।  तालिम र सेमीनारका श्रोत व्यक्तिहरु काठमाण्डौबाट नै आउनु हुन्छ ।

क्यान इन्फोटको पहिलो संस्करणको लामो समयपछि किन दोश्रो संस्करण हुदैछ ?

पहिलो पटक २०१६ मा हामीले क्यान इन्फोटेक गरेका थियौं । त्यसपछि २०२० मा पनि गर्ने कोशिश गरेका थियौं । तर कोभिडका कारण प्रशासनबाट अनुमति पाउने अवस्था बनेन र व्यावसायिक वातावरण पनि थिएन । लामै समयपछि भए पनि फेरि निरन्तरता दिन लागेका छौं । पहिलो   पटकका कमजोरीहरु हटाउदै भव्य रुपमा  सबैलाई समेटेर यससटक इन्फोटेक गर्दैछौं ।

अफर त होला नि सामानको खरिदमा ?

ठुला ठुला कम्पनीहरु इन्फोटेकमा सहभागी हुदैछन् । नेपालमा सबै भन्दा पहिलो कम्प्युटर भित्र्याउने, नेपालमा सुचना प्रविधिको बिकासमा ठलो योगदान भएको मर्कन्टाइल जुन एसर र इप्सनको नेपालका लागि आधिकारिक बिक्रेता हो, इन्फोटेकको सहप्रायोजक भएर आएको छ । मर्कन्टाइलले  इन्फोटक अवधिमा राम्रो अफर दिदैछ । त्यसबाहेकका इन्फोटेकमा सहभागी हुने सबै कम्पनीले अफर दिंदैछन् ।   यस क्षेत्रका सबै दाजु भाइ दिदी बहिनीहरुलाई इन्फोटेकमा सहभागी भैदिन, अफरका् फाइदा लिन आग्रह छ । इन्फोटकमा प्रवेश गरेको कुनै शुल्क लाग्दैन । त्यसैले इन्फोटेकमा आएर सुचना प्रविधिका बारेमा कुरा बुझ्न, सामान खरिद गर्न सबैलाई अनुरोध छ ।

कति स्टल हुन्छन् ?

हामीले सुचना प्रविधिसँग सम्वन्धित स्टल मात्र राख्ने गरेका छौं । त्यसैले ७० जति स्टल हुन्छन् ।

इन्फोटेकबाट आम्दानी भएको आम्दानीको प्रयोग के मा गर्नुहुन्छ ?

 पहिलो पटकको इन्फोटेकमा नाफा घाटा केही भएन, बराबर नै भयो ।  तर यसपटक  बच्ने आशा गरेका छौं । बचेका रकमलाई आर्थिक स्थिति कमजोर रहेका केही बिद्यालयहरुमा सुचना प्रविधिको बिकासका लगि खर्च गर्ने योजना बनाएका छौं ।

इन्फोटेकमा नया के छ ?

इन्फोटेकमा लाइटसँग सम्वन्धित सामानहरु पनि  प्रदर्शनीमा हुन्छन् । तिनीहरुको प्रदर्शनी  पनि गर्नु पर्ने हुन्छ ।  इन्फोटक दिउसो हुने हुदा त्यसबेला प्रदर्शनी हुन पाउदैन । त्यसैले यस पटक इन्फोटकको अवधिमा फागुन १९ गते शुक्रवारलाई  Good friday मानेर  रातिसम्म इन्फोटक सँचालन गर्छौ । त्यो दिन मनोरन्जन कार्यक्रम पनि गर्छौ ।

 

 


ट्रेन्डिङ