धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्याब्सन क्रिकेट कपको उपाधी लिटल फ्लावरलाई

प्याब्सन क्रिकेट कपको उपाधी लिटल फ्लावरलाई

धनगढी । धनगढीमा सम्पन्न चौथो प्याब्सन धनगढी क्रिकेट कप २०७९ को उपाधी लिटल फ्लावर सेकेन्ड्री स्कुलले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा स्टेपिङ स्टोन स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधी हात पारेको हो ।

टस जीतेर पहिले व्याटिङ रोजेको स्टेपिङ स्टोन स्कुलले १६ ओभर तीन बलमा सवै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सकेको थियो । स्टेपिङका ब्याट्सम्यानलाई सस्तैमा रोक्ने क्रममा लिटल फ्लावरका सचिन भट्ट एम्क्लैले चार विकेट लगेका थिए ।

७९ रनको सामान्य लक्ष्य पक्ष पाएको लिटल फ्लावरले १७ ओभर एक बलमा दुई विकेट गुमाएर जीत हासिल गरेको हो । लिटल फ्लावरको जीतमा नरेश बोहराले ४८ रनको पारी खेलेका थिए ।

उपाधी जितेसंगै लिटल फ्लावर सेकेन्ड्री स्कुलले नगद १ लाख १ हजार १ शय ११ रुपैंया तथा ट्रफी हात पारेको छ । उप विजेता स्टेपिङ स्टोन स्कुलले ५१ हजार १ शय ११ नगद पुरस्कार तथा ट्रफि हात पारेको छ । प्रतियोगिताको संरक्षकमा प्रदेश खेलकुद परिषद रहेको थियो ।

प्याब्सन धनगढीले प्याब्सन फेस्टिबलकै क्रममा क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको हो ।


ट्रेन्डिङ