धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

क्यान इन्फोटेकले सुचना प्रविधिबारे सचेतना र उत्पादनको प्रवद्र्धन गर्छ : धामी

क्यान इन्फोटेकले सुचना प्रविधिबारे सचेतना र उत्पादनको प्रवद्र्धन गर्छ : धामी
नरेश सिंह धामी  मुल संयोजक क्यान इन्फोटक

क्यान इन्फोटक किन गर्नु लाग्नु भएको ?

सुचना प्रविधिका बारेमा समुदायलाई  सचेत बनाउने, यस क्षेत्रमा संलग्न व्यक्ति संस्थालाई प्रवद्र्ध गर्ने उदेश्यले आयोजना गरिएको हो ।   इन्फोटेक काठमाण्डौं बाहिर दोश्रो पटक आयोजना भैरहेको छ । यसमा आइटी  हार्डवेयरका आयातकर्ताहरु, खरिदकर्ताहरुको सहभागिता रहन्छन् ।

इन्फोटेकमा के  के हुन्छ ?

यसमा आइटीका उत्पादनहरुको प्रदर्शन,  सचेतनाका कार्यक्रम, सेमीनार र व्यापार प्रवद्र्धनको काम हुन्छ ।

कस्ता व्यवसायीहरुको सहभागिता छ ?

यसमा कम्प्युटर व्यवसायी, बिशेषगरि आइटी सम्वन्धित इलेक्टोनिक्स, मोबाइल, जुन अहिले हाम्रो जीवनमा परिआएका सबै टेक्नोलोजिकल व्यवसायीहरुलाई समावेश गरेका छौं । सबैका लागि सुचना प्रविधि भन्ने नाराका साथ सम्पुर्ण व्यवसायी, शिक्षण संस्थाहरुको सहभागिता रहेको छ ।

यसमा कस्ता किसिमका स्टल छन् ?

इन्फोटेकमा तीन किसिमका स्टल छन् । पहिलो, आइटी हार्डवेयर उत्पादनहरु छन् । दोश्रोमा आइटी सफ्टवेयरहरुका स्टल छन् । तेश्रो, सुचना प्रविधिको शिक्षण गर्ने संस्थाहरुका स्टल छन् ।

सचेतनाका कार्यक्रम कसरी हुन्छन् ?

सचेतना बिभिन्न क्षेत्र र बर्गका आधारमा छन् । हामीले मोबाइल छ चलाइरहेका हुन्छौं, मोबाइलमा कति फीचर इनेबल र कति फीचर जिेबल भएको छ, सेक्युरिटीको अवस्था के छ भन्ने थाहा पाउँदैनौं । त्यसैगरि, वासिङ मेशीन, टीभी, फ्रीज आदि मेनुअल्ली चलाउन नसक्ने अवस्था हुन्छ ।  यी डिभाइसहलाई  कम्पनीले दिएका फीचरहरुलाई न्युनतम  क्राइटेरियासम्म पुररयाउन सकियोस् भनेर बिभिन्न तालिम   र सेमीनार आयोजना भैरहेका छन् । यसबाट आइटीबारेमा सचेतना बृद्धि हुन्छ  भन्ने हाम्रो मान्यता हो ।

सफ्टवेयर डेभलपरहरुको सहभागिता छ कि छैन ?

 सफ्टवेयर डेभलपरको पनि सहभागिता छ । एउटा इन्फो डेभलपर हाम्रो  स्पोन्सर नै रहेको छ  जुन बिभिन्न  बैंकिङ क्षेत्र र सहकारीमा पनि प्रयोग भैरहेको छ । स्थानीय निकायमा  प्रयोग भैरहेको एमआइएस प्रणालीमा समस्या आइराख्छ । त्यसलाई समाधानका लागि प्राविधिक बोलाएर सचेत पार्ने काम पनि क्यान इपन्फोटेकमा हुन्छ ।

शैक्षिक संस्थाहरुलाई कसरी सहभागी गराउँदैछौं ?

शैक्षिक संस्थाहरु नास्ट, एसपीए,  कैलाली बहुमुखी क्याम्पस,  ऐश्वर्य बहुमुखी क्याम्पस र प्याब्सन अन्तर्गतका प्राविधिक बिषय पढाइरहेका बिद्यालयहरु  सहभागी भैराख्नु भएको छ । ती शैक्षिक संस्थाले उत्पादन गरेका जनशक्ति प्रदर्शन गर्ने  यो राम्रो अवसर हो ।

 


ट्रेन्डिङ