धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला जनप्रतिनीधिलाई अभिमुखिकरण

११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला जनप्रतिनीधिलाई अभिमुखिकरण

धनगढी । ११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा धनगढी उप महानगरपालिकाका निर्वाचित दलित महिला सदस्य संग अभिमुखिकण कार्यक्रम गरिएको छ ।

एफ=जे=एसको सहयोग तथा दतिल महिला संघ (फेडो)को आर्थिक सहयोगमा दलित महिला सदस्यहरुलाई नेपालको कानून, महिला हिंसा बिरुद्ध बनेका कानूनी व्यवस्था, जनप्रतिनीधिको काम कर्तव्य र अधिकार, सामाजिक न्याय लगायतका विषयमा अभिमुखिकरण गराइएको हो ।

‘निर्वाचित भएपनि कतिपय महिला सदस्यलाई आफ्नो काम कर्तव्य र अधिकारका बारेमा अझै पुर्ण जानकारी हुन नसकेको पाइएको छ,’ फेडो कैलालीका संयोजक विनोद घिमिरेले भने, ‘ती महिला सदस्यज्यू हरुलाई सक्षम बनाउन र उनिहरुका अधिकारका बारेमा जानकारी गराउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रममा सहभागि धनगढी–१७ की निर्वाचित दलित महिला सदस्य टिकेश्वरी बिकले कानूनी कुरा जति सिकेपनि अधुरो हुने गरेको बताइन् । आफुहरु निर्वाचित भएपछि फेडोले पटक–पटक बोलाएर आफ्ना कर्तव्य र अधिकारका बारेमा जानकारी दिने गरेको बनले बताइन् ।

‘विभिन्न समस्याका कारण हामी कतै रुमलिएका हुन्छौं,’ उनले भनिन्, त्यसको वेलामा फेडो हाम्रो अभिभावक बनेर सम्झाउने र आम्रो अधिकार संगै कर्तव्यका बारेमा जानकारी गराई दिने गरेको छ, यसका लागि म फेडोप्रति सधै आभारी छु ।’

धनगढी नगर स्तरिय महिला सञ्जालकी संयोजक माया ताम्राकारले जनताले चुनेर पठाएपनि दलित महिला सदस्यले धेरै कुरा सिक्न बाँकी रहेको बताइन् । महिलाको अधिकारका निमित्त मात्र नभएर जनप्रतिनीधिको अधिकार सुरक्षित गर्नका निमिक्त पनि फेडोले अग्रणी भुमिका निवाह गरेको भन्दै उनले फेडोलाई धन्यवाद व्यक्त गरिन् ।

दलित महिला संघ फेडोकी केन्द्रिय सदस्य तथा कैलाली अध्यक्ष शविना सुनारको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा अधिबक्ता रेणुप्रधान श्रेष्ठले सहजिकरण गरेकिथिइन् । कार्यक्रम सञ्चालन फेडो कैलालीकी सचिव अम्बिका ताम्राकारले गरिन् ।


ट्रेन्डिङ