धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछाममा चट्याङ लागेर नौ बाख्रा मरे

अछाममा चट्याङ लागेर नौ बाख्रा मरे

धनगढी । अछाममको मेल्लेख गाउपालिकामा शनिबार दिउसो परेको चटयाङका कारण नौ बाख्रा मरेका छन् । बाख्रा चराउन गएका दुई जनालाई सामान्य चोट लागेको छ ।

मेल्लेख गाउपालिका ६ बफानेका  बाख्रा चराउन लगेको बेला दिउसो करिब साढे बजे परेको चट्याङका कारण बाख्रा मरेको मेल्लेख ६ कै  वाइगाउका बिष्णु भट्टराई जनकारी दिए । मेल्लेख ६ कै  वाइगाउ सल्लेरीबाट बाख्रा चराउन बफानेमा लगिएका थिए । 

 चट्याङ लागेर गंगा जमुना बाख्रा फर्मका ७ बाख्रा, गंगादेवी भट्टराई र डण्डीका भट्टराईका एक एक बाख्रा मरेका हुन् ।

चट्याङका कारण गंगा जमुना बाख्रा फर्मकी प्रोप्राइटर ४२ बर्षीय पार्वतीदेवी भट्टराई र ११ बर्षीय करुणा भट्टराईलाई सामान्य चोट लागेका छ ।  सामान्य चोेट लागे पनि दुवैलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको बिष्णु भट्टराईले बताए ।


ट्रेन्डिङ