धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एशियन लाइफद्धारा दृष्टि  फाउण्डेशलाई खाद्यान्न सहयोग

एशियन लाइफद्धारा दृष्टि  फाउण्डेशलाई खाद्यान्न सहयोग

धनगढी । एशियन  लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा धनगढी स्थित दृष्टि फाउडेशनलाई खाद्य सामाग्री हस्तान्तरण गरेको  छ ।

परिवारिक सहारा नपाएकार फाउण्डेशनमा बसिरहेका व्यक्तिहरुको हेरचाहा निम्ति सहज होस् भनेर दृष्टि फाउण्डेशनलाई खाद्य सहयोग गरिएको एशियन लाइफका सुदुरपश्चिम प्रदेश प्रमुख लोकरजा जोशीले बताए ।

सो अवसरमा जोशीले एशियन लाइफले जीवन बीमा मार्फतअ। जोखिम बहनको काम गरिरहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको बताए ।

नेपालकै अग्रणी जीवन बीमा कम्पनी एशियन लाइफ  इन्स्योरेन्सको स्थापना २०६४ मा भएको हो ।

दृष्टि फाउडेशनकी संचालक कल्पना भट्टले  परिवार र समाजबाट सहारा पाउन पाउन नसकेकाहरुलाई  दृष्टि फाउण्डेशनले हेरचाह गरिरहेको बताइन् । दृष्टि फाउण्डेशनमा हाल ४० महिला र १२ बालबालिकाहरु रहेका छन् ।

छ बर्ष अघि स्थापना भएको दृष्टि फाउण्डेशनले हालसम्म सहाराबिहीन रहेका १ शय २२ महिलालाई सेवा प्रदान गरिसकेको  छ  ।


ट्रेन्डिङ