धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

६७ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

६७ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

धनगढी । धनगढीबाट नगदसहित ३ जना जुवाडे पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका डबलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय जनक देउवासहित ३ जना पक्राउ परेका हुन् ।

विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र एक गड्डी ताससहित बरामद गरेको छ । नगदसहित ३ जुवाडे पक्राउ सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


ट्रेन्डिङ