सिबि चौधरी
धनगढी । कैलालीमा मिटरव्याज पीडित भएका व्यक्तिका लागि उजुरी दिने समय थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले बैशाख १७ गते देखि ३१ गते सम्मका लागि उजुरी दिने समय तोकेको थियो । तर शुक्रबार विज्ञप्ति जारी गर्दै प्रशासनले जेठ ७ गते सम्म मिडरव्याज पीडितलाई प्रशासनमा आएर उजुरी दिन आह्वान गरेको छ । ‘मिटरव्याज पीडित भएका व्यक्ति तथा परिवारका लागि उजुरी दिने समयावधि थप गरिएको छ,’ शुक्रबार प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अव जेठ सात गते सम्म पीडितले प्रशासनमा आएर उजुरी दिन सक्नुहुने छ ।’
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बिहीबार सम्म कैलालीमा ५१ जना भन्दा बढीले मिटरव्याज पीडित भएको उजुरी दिएका छन् ।
प्रशासनले पीडितलाई आफूसंग भएका सबुत प्रमाण सहित कार्यालय परिसर भित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाचामा फारम भर्न अनुरोध गरेको छ ।