धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रेशम चौधरीको जन्मकैद सर्वोच्चद्वारा सदर

लक्ष्मण चौधरीको हकमा जिल्ला अदालतकै फैसला सदर

रेशम चौधरीको जन्मकैद सर्वोच्चद्वारा सदर

धनगढी । कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद पैसला सर्वोच्चले पनि सदर गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाउने भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । लक्ष्मण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ । उच्च अदालतले थारुलाई पाँच वर्षको सजाय तोकेको थियो ।


ट्रेन्डिङ