धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

धनगढी । सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।

कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो । खोप अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय कैलालीले   जिल्लाका १३ वटै पालिकामा गोष्टि सञ्चालन गरिरहेको छ । जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो ।

कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए । सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ ।

धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए । गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया र तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिने छ ।


ट्रेन्डिङ