धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

सुपक राष्ट्रिय सम्मान हुदै

सुपक राष्ट्रिय सम्मान हुदै

धनगढी ।  सुदुरपश्चिम कला प्रतिष्ठानको आयोजनामा द्धितीय  सुपक राष्ट्रिय सम्मान २०८०  हुने भएको छ ।  कला क्षेत्रको प्रवद्र्धनका  लागि आयोजना  हुन लागेको हुने उक्त कार्यक्रम जेठ २६ गते धनगढीमा हुने छ ।

कार्यक्रममा  सुदुरपश्चिम क्षेत्रका  र सुदुरपश्चिम क्षेत्रका लागि बिशेष काम गरेका व्यत्तिलत्वहरुलाई सम्मानित गरिने प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले बताए । पनेरुले भने  “कला क्षेत्रका बिभिन्न आयामहरु साहित्य, संगीत, ललितकला, लोक संस्कृति, आदि बिधामा योगदान पुरयाउनेहरुलाई सम्मानित गरिने छ ।”

प्रतिष्ठानले यसअघि पहिलो पटक  २०७० सालमा  ८० जनालाई सम्मान गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद आचार्यले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै बिशेष प्रकारको टफी र खादामाला प्रदान गरिने बताए ।

कार्यक्रमलाई एरिष्टो  इङलिब हाइस्कुलले सहप्रायोजन गरेको छ ।

 सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष  नवल सिंह खड्काको पनि सहभाागिता रहने छ । 


ट्रेन्डिङ