धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सुदूरपश्चि प्रदेश सरकारको बजेट भाषण आज

११ अर्बले घटेर आउदैछ बजेट

११ अर्बले घटेर आउदैछ बजेट

धनगढी ।  सुदुरपश्चिम सरकारले आर्थिक  बर्ष २०८०।८१ को बजेट आज (शुक्रवार) ल्याउदैछ ।  आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक २०७९।८० को भन्दा करिब ११ अर्बले घटेर बजेट ल्याउने तयारी भएको छ ।

संघीय सरकारले दिने अनुदाका रकममा कमी र प्रदेश सरकारको आन्तरिक आयमा पनि कमी  भएपछि सुदुरपश्चिम सरकारले  चालु आर्थिक बर्षको भन्दा घटेर बजेट ल्याउन लागेको हो ।

 चालु आर्थिक बर्षमा सुदुरपश्चिम  सरकारको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट रहेको छ ।  संघीय सरकारले दिने अनुदानको रकममा कमी भएपछि प्रदेश सरकारका योजनाहरु पुरा हुन सकेका छैनन् ।

सुदुरपश्चिम प्रदेश बनेपछि  दोश्रो पटक भएको  प्रदेश सभा निर्वाचनबाट आएको पहिलो सरकारले बजेट ल्याउन लागेको हो ।  गत माघ अन्तिम साथमा नेपाली काँग्रेसका नेता कमल बहादुर शाह सुदुरपश्चिमको मुख्यमन्त्री  बनेपछि पहिलो पटक बजेट ल्याउन लागेका हुन् । यसअघि २०७मा भएको निर्वाचनपछि मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रका त्रिलोचज भट्टले पाँच बर्ष नै बजेट ल्याएका थिए । 

 प्रदेश सरकारको बजेट संघीय सरकारले दिने अनुदानमा नै निर्भर हुने गर्दछ । प्रदेशको आन्तरिक आय निकै कम हुदा पनि बजेट बढाउन गाह्रो भैरहेको छ ।  चालु आर्थिक बर्षमा भएकोल संचिती कोषले पनि प्रदेश सरकारलाई बजेटको आकार बढाउन सहयोग गरेको छ ।

चालु आवको बजेटमा २ अर्बको आन्तरिक आयको प्रक्षेपण गरिएको छ । तर लक्ष्य अनुरुपको आय  नभएपछि आगामी आवको बजेटमा आन्तरिक आयको लक्ष्य डेड अर्बको हाराहारीमा हुने छ । आनतरिक आयले प्रशासनिक खर्च पनि धान्न सकिरहेको छैन ।


ट्रेन्डिङ