धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड

सुदुरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड

धनगढीं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । २०८०। को बजेट चालु आर्थिक बर्षको बजेट भन्दा ७ अर्ब ४८ करोडले कमी छ ।

सुदुरपश्चिम प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन्  ।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९।८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।


ट्रेन्डिङ