धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बेलौरीमा १७३० को सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान शुरु गरेको हो । सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

बेलौरीमा १७३० को  सिकलसेल एनिमिया र थालसेमियाको  परिक्षण

धनगढी । कन्चनपुरको बेलौरी नगरपालिकाका संचालन भैरहेको थारु समुदायमा  सिकलसेल एनिमिया र थालसेमियाको रोग निदान स्क्रिनिङ अभियानमा हालसम्म १ हजार ७ शय ३० जनाको परिक्षण भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा  जिल्ला स्वास्थ्य कार्यालय कन्चनपुरले बैलौरी नगरपालिकासँगको सहकार्यमा  सिकलसेल  स्क्रिनिङ अभियान संचालन गरिरहेको छ ।

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो । सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

 बुधबार थारु समुदायका १ शय ७० जनाको सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख दया कृष्ण पन्तले बताए ।यसअघि बेलौरीमा १ हजार ५ शय ६० जनाको परिक्षण गरिएको थियो ।

बुधबार लक्ष्मीपुरमा  वडा नम्बर १, २ र ३ का थारु समुदायका वासिन्दाको सिकलसेल  एनिमिया र थालसेमियाको परिक्षण गरिएको हो । लक्ष्मीपुरमा असार ७ गतेसम्म थारु समुदायका वासिन्दाको,  असार ९, १० र ११  गते रामपुर बिलासीपुरमा वडा नम्बर ८, ९ र १० का थारु समुदायका वासिन्दाको परिक्षण गरिनेछ ।  यसअघि बेलौरी बजारमा   असार २ देखि ५ गतेसम्म वडा नम्बर ४, ५, ६ र ७ का वासिन्दाको परिक्षण गरिएको थियो ।

सिकलसेल एनिमिया थारु समुदायमा  बढी मात्रा देखा परिरहेको छ ।  बंशाणुगत यो रोग थारु बाहेकका अन्य समुदायमा फाट्टफुट्ट देखापरिरहेको छ ।

ट्रेन्डिङ