धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली, कञ्चनपुरका नदी तटिय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह

कैलाली, कञ्चनपुरका नदी तटिय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह

 

धनगढी । कैलाली, कञ्चनपुर सहति विभिन्न जिल्लाका प्रमुख तथा सहायक नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै जल तथा मौसम पुर्वानुमान महाशाखाले तटीय क्षेत्रमा रहेका नागरिकलाई समेत रहन आग्रह गरेको छ ।

आगामी तीन दिन कैलाली कन्चनपुर सहित देशका १० जिल्लाका नदीमा बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी महाँशाखाका अनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी  सहित अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान र बाँके भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने सम्भावना रहेको छ ।

ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।


ट्रेन्डिङ