धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अबैध सामग्री सहित चार जना पक्राउ

अबैध सामग्री सहित चार जना पक्राउ

धनगढी । अबैध सामग्री सहति  धनगढीबाट चार जना पक्राउ परेका छन् । भन्सार छली गरेर हार्डव्ययरका सामग्री ल्याएको भेटिएपछि प्हरीले निहरुलाई पक्राउ गरेका हो ।

मंगलबार राति धनगढी उप–महानगरपालिका–१० शिव मन्दिरबाट भन्सार छलीका करिब ५४ हजार मुल्य बराबरका हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो । साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ३० वर्षीय हेमराज अवस्थी सहित चार जना र दुईवटा मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलीका सामान र मोटरसाइकलसहित चारै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाएको छ ।


ट्रेन्डिङ